testing page
NepalUpclose
Oct 10, 2017
Oct 5, 2013
नेपाली फिल्मको आधा शताब्दी
(कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित)
नेपाली फिल्मले आधा शताब्दीको इतिहास बनाएको छ । नेपालमा बनेको पहिलो फिचर फिल्म 'आमा'को निर्माण सुरु भएको वर्ष २०२० लाई मानेर गन्दा यो वर्ष नेपालमा फिल्म बनेको पचास वर्ष पुगेको छ । तर, तथ्यहरूमा प्रायः विवाद पनि सँगै जोडिएर आउँछन् । यो पचास वर्षे उत्सवमा पनि अर्को एउटा 'एंगल' थपिएको छ, जसले नेपाली फिल्मले केहीअघि नै पचास वर्ष पूरा गरेको दाबी गर्छ ।
'आमा' बन्नुअघि नै राज महेन्द्रको जन्मोत्सवसम्बन्धी एउटा डकुमेन्ट्री २०१८ सालमै बनिसकेको थियो । यसलाई 'आमा' कै निर्देशक हिरासिंह खत्रीले बनाएका थिए । यसबाट गणना गर्दा यो वर्ष नेपाली फिल्म ५२ वर्षको भएको छ । संसारमा फिल्मको इतिहास फिचर फिल्मबाट नभई, एउटा फुटेजबाट गरिने भएकाले नेपालमा पनि डकुमेन्ट्रीबाटै गणना गर्नुपर्छ भन्ने मत छ । जे भए पनि, नेपालले फिचर फिल्म र डकुमेन्ट्री दुवैमा आधा शताब्दी कटाएकोमा भने कुनै विवाद छैन ।
यो आधा शताब्दीको अवसर पारेर यसपालि हामीले नेपाली समाजका केही गन्यमान्य व्यक्ति र युवाहरूलाई नेपाली फिल्मसम्बन्धी पाँच प्रश्न गर्यो । यी प्रश्नको उत्तरको आधारमा हामीले एउटा सानो विशेषज्ञ सर्वेक्षण गरेका छौं, जसको नतिजा यो अंकमा प्रस्तुत गरिएको छ । यो सर्वेक्षणका लागि पचासजना व्यक्तिलाई निणर्ायक वा उत्तरदाताका रूपमा छनोट गरिएको छ । यसमा फिल्म, साहित्य, पत्रकारिता, चित्रकारिता, खेलकुद, व्यापार, व्यवसाय, पेसाकर्म, राजनीतिकर्म र फोटोग्राफीका व्यक्तिहरूलाई समावेश गरिएको छ । कुनै न कुनै रूपमा कला र समाजका विभिन्न आयमसँग जोडिएका यी व्यक्तित्वका जवाफलाई आधार मानेर केही तथ्यांक हामीले निकालेका छौं ।
पसास वर्षमा बनेका सबभन्दा राम्रा पचास फिल्मको सूची बनाउनु यो सर्वेक्षणको मुख्य लक्ष्य थियो । गैरफिल्मी क्षेत्रका व्यक्तित्वलाई पनि उत्तरदातामा समावेश गरिएकाले प्रत्येकसँग पचास फिल्मको सूची माग्नु व्यावहारिक देखिएन । यसैले हामीले सहभागीहरूसँग दस फिल्मको सूची माग्यौं । यसरी प्रत्येकले फरक-फरक फिल्मको नाम दिएको खण्डमा जम्मा ५ सय फिल्मले मत पाउँथे । तर, सहभागीहरूको रुचि मिलेको र कतिपयले दसैजनाको नाम नदिएकाले जम्मा ९३ फिल्मले मत पाए । सबभन्दा पछिल्लोपटक हेरेको फिल्मको छाप बढी बस्ने भएकाले हो वा अन्य कारणले पछिल्लो समयको चर्चित फिल्म 'लुट'ले सबभन्दा बढी मत पायो । केही आपmनो समयका चर्चित र सफल फिल्मले एक मत पनि पाएका छैनन् । सर्वेक्षणका सहभागीहरुबाट प्राप्त मतका आधारमा अहिले अहिलेसम्मका सबभन्दा राम्रा ५० नेपाली फिल्मको सुची यस्तो बन्न गयो। फिल्महरुले पाएको मत फिल्मको नाम सँगै दिईएको छ।

यस्तै हामीले सहभागीहरूलाई मन पर्ने पाँच निर्देशक, अभिनेता र अभिनेत्रीका बारे पनि प्रश्न गरेका थियौं । निर्देशकमा तुलसी घिमिरे, प्रकाश थापा, शिव रेग्मी, निश्चल बस्नेत, नवीन सुब्बा र नीर शाहलाई धेरैले मन पराए । यो विधामा दुई सहभागीले कसैलाई पनि मत दिएनन् । अभिनेतामा राजेश हमाल, सरोज खनाल, भुवन केसी, सौगात मल्ल र शिव श्रेष्ठ धेरैको रोजाइमा परे भने अभिनेत्रीमा करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, निरुता सिंह र रेखा थापाले धेरैको मन जितेको पाइयो । अभिनेता र अभिनेत्रीमा एक-एक सहभागीले कसैलाई पनि मत दिएनन् ।
सर्वेक्षणको अन्तिम तथा महत्त्वपूर्ण प्रश्न थियो- नेपाली फिल्मको स्तर बढिरहेको छ कि घटिरहेको छ ? अधिकांश सहभागीले फिल्मको स्तर बढिरहेको छ भन्ने मानेको पाइयो । तर, त्यसमा प्राविधिक रूपमा मात्रै बढेको छ भन्ने पनि पाइए । समग्रमै स्तर बढिरहेको छ भन्ने १८, प्राविधिक रूपमा मात्र बढेको छ भन्ने १४, विषयवस्तु र कलात्मक रूपमा कमजोर भइरहेको छ भन्ने १२ जना तथा स्तर घटिरहेको छ, नेपाली फिल्म खत्तम भइरहेको छ भन्ने ६ जना भेटिए ।

Subscribe to:
Posts (Atom)
page test
testing page